बुटबलबाट मुसिकोटतर्फ आउँदै गरेको जीप उल्लिखोलाले बगायो

विष्णुप्रसाद आचार्य । बुटबलबाट गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदिका लागि छुटेको लु १ ज ३४३२ नम्बरको जीप सत्यवती गाउपालिका ६ उल्लिखोलामा माथिबाट आएको खहरे खोलाले बगाएको छ ।

जीपमा सवार सम्पुर्ण यात्रुहरु भने पहिले नै झरेकोले सकुसल रहेको बताइएको छ तर यात्रुका सामानहरु जीपमै भएकोले सबै बगाएको सत्यवतिबाट स्थानिय कमल प्रकाश भुषालले जानकारी दिनुभएको छ ।

हिजोदेखी परेको अबिरल वर्षाका कारण खोलामा आएको भेलले बाटो अबरुद्द हुदा बुर्तिबाङ्गसम्मबाट बुटवल जानका लागि हिडेका यात्रुहरु अलपत्र परेका छन ।

खोला बढिरहेको बेला चालकले एक्कासी खोलामा गाडी हाल्दा बगाएको भुषालले बताउनुभयो ।उल्लिखोलाले बगाएको उक्त जिप बडिगाड खोलामा मिसिएर बेपत्ता भएको छ ।

यो पनि पढ्नुहोस्- बुटवल: रुपन्देहीमा ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन्। २२ असोज देखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ।गुल्मीको मुसिकोट नगरपालिका-५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कविहिन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए।‘सानीआमाको घरबाट

केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्’, उनले भने। आफन्तहरू सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्दले बताए।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कविहीन भएदेखि मोबाइल पनि स्विच अफ गरेको जानकारी दिँदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे।

आफू वैदेशिक रोजगारीको सिलसिलामा भियतनाममा रहेको र एक महिनाअगाडि मात्रै घरमा आएको उनले जानकारी दिए । संगीता विगत ७/८ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन्। ज्योतिन्यूज डटकममा यो खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय