९ वर्षीय छोरासहित गुल्मी मुसिकोटकी महिला बुटवलबाट बेपत्ता

बुटवल: रुपन्देहीमा ३१ वर्षीया महिला आफ्नो ९ वर्षीय छोरासहित बेपत्ता भएकी छन्।

२२ असोज देखि बेपत्ता उनी घर र माइतीको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेको छ।गुल्मीको मुसिकोट नगरपालिका-५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कविहिन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले बताए।‘सानीआमाको घरबाट

केही नभनी निस्केर हिंडेकी थिइन्, ९ दिनसम्म पनि घरमा आएकी छैनन्’, उनले भने। आफन्तहरू सबैकहाँ सोधीखोजी गर्दा पनि केही पत्ता नलागेको संगीताका श्रीमान खडानन्दले बताए।

एम्स स्कुल राजमार्ग चौराहामा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कविहीन भएदेखि मोबाइल पनि स्विच अफ गरेको जानकारी दिँदै उनले खोजी गरिदिन सबैसँग अनुरोध गरे।

आफू वैदेशिक रोजगारीको सिलसिलामा भियतनाममा रहेको र एक महिनाअगाडि मात्रै घरमा आएको उनले जानकारी दिए । संगीता विगत ७/८ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन्। ज्योतिन्यूज डटकममा यो खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय