गुल्मीमा फेरि जिप दुर्घटना

गुल्मी: गुल्मीमा तम्घास देखि छत्रकोट गाउँपालिकाको मानकोट तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ।

आइतबार राती गुल्मीदरबार गाउँपालिकाको बिरबासबाट जिमी जाने सडकखण्डमा लु २ च ७०३५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिपको अगाडी साइडमा सामान्य क्षती भएको र चालक छत्रकोट-५, मानकोटका ३२ बर्षीय मधु परियार सकुशल रहेको प्रहरीले जनाएको छ।

जिप अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खबरमार्केट डटकममा यो खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर