गुल्मीका कार्यालय प्रमुखसंग मन्त्री झाँक्रीको भेटघाट

शिव सुवेदी, कात्तिक १,२०७८ गुल्मीः

सहरी विकास मन्त्री रामकुमारी झाक्रिले गुल्मी जिल्लाका कार्यालय प्रमुखसंग भेटघाट गरेकी छन ।
मन्त्री भएपछि पहिलोपटक गुल्मी आएकी मन्त्री झाक्रिले सोमवार गुल्मी जिल्लाका कार्यालय प्रमुखहरुसगँ भेटघाट गरेकी हुन । भेटघाट कार्यक्रममा मन्त्री झाक्रिले जिल्लामा नागरिकहरुले सरल र सहज ढगंले सेवा लिन पाउने वातावरण निमार्ण गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छन ।

उनले गुल्मीका सवै सरकारी कार्यालयहरुले समन्वय गरेर जनताका कामहरु गर्न समेत आग्रह गरिन । सङ्घीय सरकार,प्रदेश सरकारहरुवाट जिल्लामा आएका योजनाहरु समयमै सम्पन्न भएका छन छैनन, निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरेका छन छैनन भनेर समेत अनुगमन गर्ने काममा गुल्मीका सवै सरकारि कार्यालयका प्रमुख तथा कर्मचारीहरुको ठुलो दायित्व रहने वताईन।

भेटघाट कार्यक्रममा गुल्मीदरवार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुरिक्षित आवास कार्यक्रम अन्तगत ५० हजार पाउने भनिएपनि २० हजार मात्रै नागरिकले प्राप्त गरेकाले कार्यक्रम अन्तरगतको सवै रकम पाउने व्यवस्था मिलाउनु अनुरोध गरेका थिए । सहरी विकास मन्त्रालय सङघीय आयोजना कार्यान्वयन ईकाई रुपन्देहीका सव ईन्जिनियर नारायण वुढा मगरले गुल्मी जिल्लामा शहरी विकास मन्त्रालयवाट कार्यक्रम धेरै आउने तर वजेट थोरै आउने समस्या रहेको वताए ।

साथै उनले अहिले गुल्मीमा १९ वटा कार्यक्रमहरु सञ्चालन रहेको वताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद पौडेलले गुल्मेलि जनताले जिल्लाका सवै सरकारि कार्यालयहरुवाट कानुनले दिएका सेवा सुविधा सजिलै पाउने वातावरण रहेको जानकारी गराए । उनले जिल्लामा सञ्चालन रहेका विकास निर्माणका योजनाहरु समयमै र गुणस्तरीय काम गराउने प्रतिवद्वता समेत व्यक्त गरे । साथै प्रमुख जिल्ला अधिकारि पौडेलले जिल्लाको शान्ति सुरक्षा,विकास निर्माण,जनताका सेवाहरुको वारेमा जानकारी गराएका थिए ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कानुन, महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीको समेत सहभागीता रहेको थियो । मन्त्री घर्तीले पनि प्रदेश सरकार गुल्मीका कार्यालयहरुसगँ समन्वय गरेर विकास निर्माण र सामाजिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गर्ने वताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय