विष्णुप्रसाद आचार्य “चकित”पुर्व भोजपुरका युवक र पश्चिम बाग्लुङ्गकी चेलिबिच अन्तरजातीय विवाह सम्पन्न भएको छ ।
पुर्व भोजपुर जिल्ला षडानन्द नगरपालिका ७ दिङ्ला बजार घर भएका ब्राह्मण समुदायका सुवास न्यौपाने र पश्चिम बाग्लुङ जिल्ला गल्कोट नगरपालिका ८ काडेबास बिरकोट घर भएकी मगर समुदायकी हीरा बुढाथोकीबीच अन्तरजातीय विवाह सम्पन्न भएको स्थानीय अगुवा डिल बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

सामाजिक समस्याका रुपमा रहेको जातीय विभेदको अन्त्य गर्नुपर्छ भन्दै बेलाबखत विभिन्न नारा र आवाजहरु आएपनि कोहि कसैलाइ व्यहारमा लागू गर्न गाह्रो भएकोले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै आफुले अन्तरजातीय विवाह गरेको बेहुला बनेका सुवास न्यौपानेको भनाइ छ ।
आफू मगर सामुदायिक छोरी भएपनि ब्राह्मण समुदायमा विवाह गर्दा कुनै अप्ठ्यारो नपरेको बरु घर र माइतीमा सबैले अझ बढी माया गरेको बेहुली बनेकी हीरा बुढाथोकीले बताउनुभयो ।
पुरानो पुस्ताले जानी वा नजानी जसरी जातीय विभेदलाई कायम राखेको भएपनि र आफू पनि पुरानो पुस्ताकै व्याक्ती भएपनि छोराले आफुलाइ मगर समुदायकी केटिसङ्ग विवाह गर्छु भनेर सोधेको हुनाले र राम्रोसँग परिवारमा छलफल भएकोले अन्तरजातीय विवाहलाइ सहर्ष स्वीकार गरेर बुहारी बनाएको बेहुलाका बुवा हेमराज न्यौपानेले बताउनुभयो ।
मगर समुदायको सस्कारअनुसार दुई वर्ष अगाडि आपसी समझदारीमा सम्बन्धमा रहेका न्यौपाने र बुढाथोकीलाई आइतबार बाजागाजा सहित धुमधामका साथ गृह प्रवेश गराइएको परिवारले जनाएको छ ।
त्यस्तै दाइजोका कारण समाजमा विभिन्न महिला हिंसाका घटनाहरु घट्ने भएकोले अन्तरजातीय विवाह सङ्गसङ्गै न्यौपानेले आफू दाइजोप्रथाको विरोधी भएकोले कुनै किसिमको दाइजोलाइ आफ्नो विवाहमा महत्व नदिएको बताउनुभयो।

बेहुला बेहुलिको लागि स्वागत
न्यौपाने अहिले भोजपुरको एक विद्यालयमा शिक्षण गर्नुहुन्छ । उहा सामाजिक अभियान्ता समेत भएकोले विभिन्न सामाजिक कार्यहरुमा कृयाशिल हुनुहुन्छ । उहाले बाग्लुङ र गुल्मीका विद्यालयमा समेत अध्यापन गर्नुभएको छ । बेहुला बेहुली केही समय अगाडी न्यु शाइनस्टार इङ्ग्लिश बोर्डिङ्ग स्कुल मुसिकोट ९ अर्लाङ्गकोट स्थित लामाखेतका सहकर्मी समेत हुन ।