कस्तो रहला तपाईंको कार्तिक  महिना ?

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) कार्तिक महिना मेष राशिका जातकका लागि फलदायी नै रहनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । 

नयाँ ठाउँमा घुमफिर र लगानिको योजना बन्नेछ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । कसै कसैका लागि सन्तान सुखको योग पनि छ । 

यो महिनाको लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) यो महिनामा तपाईंको राशिबाट सूर्यले पाँचौं स्थानको भ्रमण गर्नेछ । यो महिनाको पूर्वार्द्ध आफ्नो कार्यमा केही बाधा आउन सक्छ र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । 

महिनाको उत्तरार्धबाट भने मन पर्ने वस्त्र, अलंकार उपहार आदि पाइने योग छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । प्रेम सम्बन्धमा मधुरता पनि छाउनेछ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यू रङ्ग वा हरियो हो । शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) कार्तिक महिना सिंह राशिका जातकका लागि फलदायी नै रहनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । प्रतिस्पर्धी परास्त होलान् ।

 व्यापार व्यवसायमा वृद्धि हुनुका साथै विशेष लाभ हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) यो महिनामा सूर्यले तपाईंको राशिमा नै भ्रमण गर्नाले प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । २० गतेबाट स्वास्थ्यको ख्याल गर्नुहोला । 

साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) यो महिनामा कुनै कुराले मनमा शान्ति छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । 

कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेँलो वा आकाशे नीलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । अतिथिको रूपमा सत्कार पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । नयाँ काममा हात हाल्ने समय छ ।

 सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वृष राशि हुनेहरूका लागि कार्तिक महिनामा गरेको कार्यमा सफलता नै पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परिवारजनको सहयोगले गर्दा कमबाट फाइदा लिन सकिनेछ । 

वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) यो महिनामा विशेषगरी न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । नयाँ काम प्रारम्भ गर्ने मौका छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर छाउने योग छ ।

 छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । घर ,जग्गा खरिद तथा बिक्रीको योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) यो महिनामा खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । लामो यात्रा सुखद् र सफल हुनेछ । 

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ). महिनाको सुरुका दिन त्यति राम्रो देखिँदैन, अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । महिनाको मध्यबाट काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

 आर्थिक पक्ष सबल नै रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो महिनामा सामान्य र माध्यम रहनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । 

सहयोगीहरूले राम्रो साथ दिनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । सामूहिक भ्रमणको योग पनि छ । शुभ कार्यको चर्चा समेत चल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि शनिदेवताको आरधना गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ). यो महिनाको सुरुका दिनमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्छ । १३ गतेबाट विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । राज्यका ठूला व्यक्तिले तपाइको मेहनतको कदर गर्नेछन् । 

मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । 

– ज्यो.प. नारायणप्रसाद दुलाल 

977-9849559502 

(अधिक जानकारीको लागि )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय