राज्यले शिक्षकलाई संमान दिएन: प्रधानाध्यापक आचार्य

सुनिल न्यौपाने गुल्मी – श्री जनजागृती माध्यमिक विधालय मुसिकोट नगरपालिका वडा नं ३ का प्रधानाध्यापक

रामु आचार्यले राज्यले शिक्षकलाई संमान दिन नसकेको बताएका छन।मुसिकोट नगरपालिका वडा नं-३ को पछिल्लो अवस्था,सम्भावना र चुनौती बारे छलफल कार्यक्रममा बोल्दै प्र.अ आचार्यले

यसो भनेका हुन। कार्यक्रममा बोल्दै उनले भने शिक्षक को गुणस्तर बढाउन नसक्नु दु:खद विषय रहेको उनको तर्क थियो।

मुसिकोट नगरपालिकाको हितमा कुरा गर्दा धेरै बिधालयमा दरबन्दी खाली हुदा महिनौंसम्म शिक्षक नपठाउनु नगरपालिकाको कमजोरी रहेको र शिक्षक दरबन्दी खाली हुदा तुरुन्त पदपूर्ति गर्दिए बिधालय संचालन गर्न सहज हुने बताए। शिक्षकलाई

राज्यले संमान दिन नसक्नु राजनीति भएको भन्दै शिक्षक पेसामा राजनीति नगर्न प्र अ आचार्यको आग्रह थियो।

कोरोना महामारी नियन्त्रण गर्न बिधालयहरु धेरै समय बन्द हुदा बिद्यार्थीले ठूलो क्षेति व्यहोर्नुपरेको उनको दाबी थियो। साथै उनले बोल्दै समाजको रुपान्तरणमा सबै एकजुट हुन पर्ने आवस्यक रहेकोे हुदा बिकास निर्माणमा जनतालाई अगाडि ल्याउनु पर्ने उनको भनाइ थियो।

मुसिकोट नगरपालिका वडा नं-३ को पछिल्लो अवस्था,सम्भावना र चुनौती बारे छलफल कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बडागाँउ उपशाखा ठुलापोखराको सभाहलमा सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय