नदीमा डुबेर किशोरीकाे मृत्यु

सप्तरी । काेशी नदीमा नुहाउन गएकी एक किशोरीकाे डुबेर मृत्यु भएको छ । सप्तरीकाे हनुमानागर कंकालिनी नगरपालिका वडा नम्बर १२ ईनरवा निवासी १८ वर्षीया प्रियंका देवकाे बिहीबार काेशी नदीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले डुबेकाे देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घाेषणा गरेकाे सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्-गुल्मी – गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो ।दुर्घटनामा मुसिकोट नगरपालिका २ जलजले का ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका २ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नपा ३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा ६ जना घाइते छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनामा मुसिकोट नगरपालिका ३ चुदारीगाउँका ४७ वर्षीया सुमित्रा सुनार, मुसिकोटनगरपालिका २ जलजले बस्ने ३८ बर्षीया जुना थापा र भरतपुर उपमहानगरपालिकी ५० बर्षीया राधा केसी गम्भीर घाइते छन् । उनीहरुको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको भट्टराईले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका २ जलजलेकी ४३ बर्षीया खिमा थापा, मुसिकोट नगरपालिका २ जलजलेका गाडी चालक २६ बर्षीय कमल थापा र मुसिकोट नपा २जलजलेका ३६ बर्षीय राजु थापा सामान्य घाइते भएका छन् । घाइतेको गुल्मी अस्पताल र पाल्पाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । घाइतेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय