गोविन्द कंडेल २८ असोज, वामीमैदान गुल्मी । दशैंको नवौं दिन बिहीबार गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ८ स्थित वामीकोटमा नवदुर्गा भवानीको विशेष पूजाआराधना सहित महानवमी पर्व मनाइएको छ ।

महानवमीको अवसरमा यस शक्तिपिठमा चैते दशै र वडा दशै पर्व पूजाआजा तथा विभिन्‍न बलि दिएर मनाउने गरिन्छ । गत वर्ष कोरोना जोखिमका कारण नियमित पुजा मात्र गरिएकोमा यस वर्ष कोरोना निक्‍कै कम भएकाले शक्तिपीठमा भक्तजनहरुको भीड लागेको थियो ।

वामीकोटका अतिरिक्त आज गुल्मी स्थित धार्मिक तथा ऐतिहासिक मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै,चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, शान्तिपुर, अर्जुन भगवती मन्दिर, तम्घास मन्दिर लगायतका मन्दिरहरुमा भक्तजनहरुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिक राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ ।

महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने प्रचलन छ । धर्मालम्वीहरू देवतालाई बलि दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बलि दिने गर्दछन् । कतिपय साहाकारी भक्तजनहरूले कुबिन्नो लगायतका फलफुल पनि चढाउने प्रचलन रहि आएको छ । बलि दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने जनविश्‍वास छ ।

यसैविच भोली विजयादशमी पर्वको अवसरमा वामीमैदान कोटमा विशेष पुजाआजा हुनुका साथै मन्दिरका पुजारी एवं मान्यजनहरूबाट सामुहिक टिका तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको वामीकोट पुजा व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटाले वताउनुभयो । यस वर्षको टिकाको शुभ साहित विहान १०:२ मा रहेको सँस्कृति पर्यटन तथा नागरि उड्ययन मन्त्रालयले जनाएको छ ।

यस वर्ष गुल्मीमा सराय नाच देखाउन नपाइने

गुल्मीमा दशैंको अवसरमा देखाइने सराय नाचमा यस वर्ष प्रतिबन्ध लगाइने भएको छ। जिल्लामा दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ । जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले दशैंको अवसरमा गरिने सराय नाचलाई यस वर्ष रोक लगाइएको प् जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

तरवार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ। गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here