गुल्मीको मुसिकोटमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ झेंदिमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मुसिकोट नगरपालिका वडा नम्बर ४ धारापानिका २८ बर्षिय सुरज हितानको मृत्यु भएको र मोटरसाइकलमा सवार मुनपा ४ धारापानिकै रबिन शाहि ठकुरि सामान्य घाइते भएको प्रहरिले जनाएको छ ।

हात र छातिमा चोट लागेका हितानको उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको र उपचारको क्रममा करिब रातको १; ४५ बजे मृत्यु भएको प्रहरिले जनाएको छ ।

बुधबार साँझ करिब ८; ४५ बजे मुसिकोट ७ वामी टक्सार देखी मुसिकोट ४ बडागाँउ धारापानि जाँदै गरेको लु ३६ प ६८३३ नम्बरको मोटरसाईकल मुसिकोट ७ झेँदिमा रहेको बडिगाड नदिको पुल नजिकै दुर्घटना भएको जानकारि प्राप्त भएको छ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरिले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय