श्री तुफान परिकल्पना युबा क्लबले आयोजना गरेको खुल्ला भलिबल तथा विविध कार्यक्रमको समापन

समारोह सम्पन्न। बिकास अनुशासन गतिशीलता भन्ने मुल नाराको साथ स्थापित यश श्री तुफाल परिकल्पना युबा क्लबले

बिजय दशमी तथा शुभ दिवावली को पावन अबसरमा पारेर बिगतका बर्षमा जस्तै यश बर्स पनि क्लबले खुल्ला भलिबल तथा बिबिध कायक्रमको आज एक समारोह बिच मुसिकोट नगरपालिका आर्थिक बिकास समिती संयोजक तथा वडा न ७ का वडा प्रकाश काफ्ले समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका काफ्ले ले खेलकुद क्षेत्रको बिकास गर्नुपर्ने बताउदै मुसिकोट नगरपालिकाले खेलक्षेत्र लाई प्राथमिकता

साथ अगाडि बढाएको बताउदै यस्ता कार्यक्रम आयोजनाले खेलकुद क्षेत्रको बिकास मा सहयोग पुर्याउने बताउदै क्लबलाई धन्यवाद सहित खुसी व्यक्त गर्नुभयो ।

२४ गते देखि शुरु गरिएको कार्यक्रम २६ गते आज सम्पन्न गरिएको हो। खुल्ला भलिबल प्रतियोगिता घैटो फोर्ड प्रतियोगिता कुर्ची दौड प्रतियोगिता खुल्ला रेकर्ड डान्स प्रतियोगिता लगायत सहयोगदाता सम्मान विविध

सास्कृतिक कार्यक्रम सन्चालन गरिएको थियो।खुल्ला भलिबल तर्फ प्रथम थानापती सुनचादी पसल बिङगिठी तथा द्धितिय रिभर साइड निस्ती मुसिकोट भएका छन ।

खुल्ला रेकर्ड डान्स तर्फ खडगदेवी युबा क्लब प्रथम द्धितिय कालिका राना घैटो फोर्ड तर्फ प्रथम रोहित सिह ठकुरी कुर्ची दौड तर्फ किस्मत सिह ठकुरी हुनु भएको थियो ।बिजेता टिमलाई पुरुस्कार प्रमाणपत्र मेडलले सम्मान गरिएको थियो।

कार्यक्रम क्लब अध्यक्ष महेन्द्र घिमिरेको सभाअध्यक्षा रहेकोे कार्यक्रममा मुसिकोट नगरपाल आर्थिक बिकास समिति संयोजक प्रकाश काफ्ले प्रमुख अतिथी मुसिकोट नगरपालिका वडान २ वडा अध्यक्ष लक्ष्मण खत्रीको विशेष अतिथी कार्यपालिका

सदस्य गोबिन्द नेपाली समाजसेवी झबिलाल भण्डारी संघ सस्थाका प्रमुख राजनैतिक दलका प्रतिनिधि सहयोगी चन्दादाता खेलाडी लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन सचीव रोशन सिह ठकुरीको रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय