बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगु – मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा घर जाने यात्रु बोकेको बस सडकबाट निकै तल खसेको प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ ।

अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेको छ । घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय