संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान सक्दछन् ।

भिडबाट अलग देखिन तथा फरक काम गरेर चर्चा कमाउने लहडमा उनीहरुले अनौठा तथा जोखिमपूर्ण काम गर्न पनि पछि पर्दैनन् । बुल्गेरियाकी एन्ड्रिया इभानोभाले पनि यस्तै गरेकी छिन् । संसारकै ठूलो ओठ बनाउने चाहनाका कारण उनले २५ पटक आफ्नो ओठको शल्यक्रिया गराएकी छिन् ।

आकार बढेर पहिलेभन्दा चार गुणा ठूलो भएको छ ।

सर्जरीबाट अस्वभाविक रुपमा बढाएको आफ्नो ओठ देखाउनका लागि उनले सोसल मिडियामा फोटोहरु शेयर गरेकी छिन् ।

आफु आफ्ना बढेका ओठदेखि खुसी रहेको र चिकित्सकहरुले पनि यतिसम्म बढाउनु पर्याप्त रहेको बताएता पनि उनको इच्छा अझै पुगेको रहेनछ । आफ्नो ओठको आकार अझै बढाएर संसारकै ठूलो ओठ भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् इभानोभा । डाक्टरहरुले भने उनको ओठको थप शल्यक्रिया गरेमा उनको ज्यानै जानसक्ने चेतावनी दिएका छन् ।

आफ्नो फुलिएको ओठयुक्त अनुहारसहित लगातार बार्बी डलसँग तस्वीर खिचेर इन्स्टाग्राममा शेयर गर्ने इभानोभाका इन्स्टाग्राममा ३३ हजारभन्दा धेरै फलोअर्स छन् । कहिलेकाहीँ उनी सोसल मिडियामा नराम्रोसँग ट्रोल पनि हुने गरेकी छिन् ।

सोफिया विश्वविद्यालयमा जर्मन भाषाशास्त्रको अध्ययन गरिरहेकी इभानोभाले आफ्नो यस्तो अनौठो शोख तथा ओठका कारण चर्चा बटुलिरहेकी छिन् । अहिलेसम्म ओठको सर्जरीका लागि कति रकम खर्च भयो भन्ने कुरा उनी हिसाब गर्न पनि चाहँदैनिन् ।

उनलाई आफ्नो ओठ बढाएर मात्र पुगेको छैन । आफ्ना वक्षस्थलको आकार बढाउने तथा अनुहारमा पनि सर्जरी गरेर बार्बी डलजस्तै देखिन चाहन्छिन् । उनले यस क्रममा स्तन प्रत्यारोपाण शल्यक्रिया गरी ७५ सी बाट ७५ इ कप पुर्‍यासकेकी छिन् । उनले वक्षस्थलको आकार अझै बढाएर एच कप पुर्‍याउन चाहन्छिन् ।- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय