वामी विश्व सम्पर्क मन्चको बैठक सम्पन्न,नौमती बाजा महोत्सव आगामी वर्ष हुने

विष्णुप्रसाद आचार्य “चकित” मुसिकोट गुल्मी- वामी विश्व सम्पर्क मन्च नौमती बाजा सास्कृतिक समुहको अनलाइन बैठक सम्पन्न भएको छ ।

शुक्रबार बसेको समुहको बैठकले प्रत्येक दुइ वर्षमा एक चोटि गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्रबिन्दु रहेको वामीटक्सारमा गरिदै आएको नौमती बाजा महोत्सव यस वर्षको लागि स्थगित गरिएको बताइएको छ । नेपाली सस्कारको गुल्मी मुसिकोटमा एकदमै चर्चा बटुल्न सफल उक्त सास्कृतिक मेला हरेक दुई वर्षमा एकपटक पुर्णमाको द्वितीय र तृतीय तिथिमा गरिने मेला यस वर्ष भने विश्व कोरोना महामारीका कारण स्थगित गर्नु परेको समितिका महासचिव हेममाथ खरालले जानकारी दिनुभयो ।

त्यस्तै समितिले आउदो असोज २६ गते वामीका विश्वभर छरिएर रहेका वामेलीहरु बीच अनलाइन बैठक बस्ने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने पनि निर्णय गरेको छ । नौमती सास्कृतिक समितीले तयार गर्दै गरेको आफ्नो पन्चेबाजा गित सेतो कोदो फुल खेल्ने बेलैमा

भन्ने गितको अडिसनबाट उत्कृष्ट भएका कलाकारहरु मार्फत अडियो गित रेकर्ड गराउने निर्णय पनि समितिले गरेको खरालले जानकारि दिनुभयो । गितको अडियो तथा भिडियो रेकर्डिङ खर्चको व्यवस्थापनको लागि समितिले प्रायोजलाइ स्थान दिन चाहेको पनि उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सस्थाका प्रमुख सल्लाहकार समेत रहनुभएका प्रा. डा.जिवलाल सापकोटाले यस वर्ष औपचारिक रुपमा मात्र महोत्सव गर्नुभन्दा अर्को साल यसको गरिमा बढ्ने गरि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा सस्थाका वरिष्ठ सल्लाहकार श्री राम के सीले कोरोनाको डर केही कम भएको भनिएपनि मानसिक रुपमा सबैलाइ त्रसित बनाएकोले आगामी वर्ष उत्कृष्ट तरिकाले महोत्सव गर्दा कार्यक्रमको गरिमा बढ्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा सचिवालय सदस्य रामचन्द्र सापकोटाले वामी र यस आसपासकको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

सस्थाका अध्यक्ष बैकुण्ठ रायमाझीले वामीको साङ्गितिक वृत्तचित्र भिडियो सार्वजनिक गर्नमा केही ढिलाइ भएकोप्रती समीक्षा र जानकारी गराउनुभएको थियो ।

अहिलेसम्म भिडियोको पचासी प्रतिशत काम सप्पन्न भएको भन्दै केही प्राविधिक कुराहरु मिलाएर छिटोभन्दा छिटो भिडियो प्रस्तुत गर्ने कुरा जानकारी गराउनुभएको थियो ।समितिले गाउठाउका लोपोन्मुख गितहरुलाइ विशेष महत्व समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय