कोरोना सङ्क्रमणको कारण भारतमा एकै दिन२४४ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् ।

भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ ।सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन् ।

अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए ।  शनिबार भन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो । सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन् । अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ । हिजो एकै दिनमा केरलामा १३ हजार २१७ जना नयाँ सङ्क्रमित थपिए भने १२१ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७० हजार ५५७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो । शनिबार दिनभर २२ हजार ८४२ सङ्क्रमित हुँदा २५ हजार ९३० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३० लाख ९४ हजार ५२९ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ३२ लाख जना कोरोना परीक्षण गरिएको छ ।

भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ५१ लाख डोज खोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय