मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )-नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । मनमा दुबिधा उत्पन्न हुन सक्छ । सोमबारबाट धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ ।
आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )-यो साता विशिष्ट व्यक्तिको साथ पाइनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ काम वा रोजगार पाइनेछ ।
आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )-यो साता मनमा चिन्ता र शङ्का उब्जनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । मध्य साताबाट विद्या र बुद्धिको विकास हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )-साताको सुरुका दिनमा रमाइला यात्राका योगहरू रहेका छन् । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ, तर स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )-यो हप्ता आँटेको काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च समेत बढ्न सक्छ । साताको मध्यबाट सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । यो साताका लागि शुभ अङ्क ३७ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )-यो साता धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )-यो साता भाग्यले साथ दिनेछ भने नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग घिउ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )-यो साता कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्राहरू हुनेछ । सजिलै अरुको विश्वास जित्न पनि सकिनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग कलेजी वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )-यो साता सामाजिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको मध्यमा किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि कार्य गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )-यो हप्ता ठीक समयमा सही निर्णय लिन सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पुँजी बजारमा अहिले गरेको लगानीले पछि सफलता पाइनेछ । आफन्त सङ्ग रमाईलो भेटघाट पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-यो साता परोपकार तथा समाजसेवामा मन लाग्नेछ । नयाँ बिजनेश प्लानको योजना बन्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग कालो वा हरियो हो । शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )-यो सात कतै घुम्न जाने योजना बन्न सक्छ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । सामाजिक र परोपकारका क्षेत्रमा पनि लगानीको समय छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।- ज्यो.प. नारायणप्रसाद दुलाल ( हाम्रो पात्रो )