आइतबार सूर्य भगवानको पूजा गर्दा यो मन्त्र जप्नाले हुन्छ फलिफाप

आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।

धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु, रक्सी जस्ता भोजन खानु हुँदैन । आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।

आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ ।

यो पनि पढ्नुहोस्-कुन बार के सम्बन्धी काम गर्नु शुभ हुन्छ हेर्नुहोस

आइतबार-औषधी सम्बन्धी, सवारी, वाहन, नोकरी जागिर, स्वास्थ्य सम्बन्धी, पशु खरिद, यज्ञ-मंत्रोपदेश, दीक्षा, अस्त्र-शस्त्र, वस्त्र सम्बन्धी , धातुका सामान खरीदी,वाद-विवाद,न्यायिक सल्लाह को लागि शुभ छ।

सोमवार--कृषि सम्बन्धी सामाग्री खरीदी, बिउ रोप्न , फल फुलका रुख लगाना, वस्त्र तथा रत्न धारण गर्नको लागि, सधै जसो हुने क्रय बिक्रयको लागि , भ्रमण-यात्रा, कला कार्य, माया प्रेम रती रागको लागि, नयाँ काम सुरु गर्न कार्य, पशुपालन, वस्त्र आभूषण को किन बेचको लागि शुभ छ ।

मंगलवार-जासुसी कामहरु गर्न,रिण दिन,सेना सम्बन्धी काम, युद्द सम्बन्धी काम,साहासी काम, बाद बिबादका सक्नु पर्ने काम यो दिन गर्दा तपाईंको पक्षमा राम्रो हुन्छ ।

बुधवार-अध्ययन सुरु ,बिचार सम्बन्धी काम,ग्रिह प्रबेश,राजनिती,निर्माणका कार्य,रिण दिनु, बही खाताका काम यो दिन गर्दा तपाईंलाई राम्रो हुन्छ ।

बिहीवार-ज्ञान बिज्ञान सम्बन्धी काम ,नया जागिर सुरु,माङलिक काम,गाडी चलाऊन सुरु,निर्माण सम्बन्धी काम,कानुनी सिक्षा आरम्भ, गर्गहना धारण गर्नु राम्रो हुन्छ

शुक्रबार-गोप्य रुपमा गर्नुपर्ने कामहरु,संगित र चलचित्र सम्बन्धी काम ,माया प्रेमको सुरुवात, बाली रोप्न , खेतका काम सुरु गर्न, यो बार राम्रो हुन्छ

शनिबार-गृह प्रबेश व निर्माण सम्बन्धी ,कसैलाई जागिरमा राख्न,धातु फलाम मेसिनरी चिजका काम वा खरिद,बाद बिबाद ,सेबाका कामहरु शुभ हुनछन तर खेती सुरु गर्नु वा कृषिका नयाँ काम यो बार सुरु गर्नु शुभ हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय