आज देशभरका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, प्रदेश २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भईरहेको र दिउँसो पनि अधिकांश भागमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा वर्षा हुनेछ ।

देशभर निरन्तर वर्षा हुने भएकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्क रहन पन विभागले अनुरोध गरेको छ ।

अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि परेकाले दैनिक वर्षा भइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय