काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५५५ र एन्टिजेन विधिबाट ३ हजार २१० जनामा परिक्षण गर्दा १ हजार ७८ जनामा कोरोना संक्रमण देखिएको हो ।यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९५ हजार ६१ र एन्टिजेनबाट ९१ हजार ५५३ जना पुगेको छ ।

यस्तै, आज थप ९११ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १३५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here