मनोज कार्की / गुल्मी -गुल्मीको मालिका गाउँपालिका वडा न ७ घमिर दीर्घका ३१ वार्षिय लेखनाथ पन्थी १६ दिनपछी मृत अवस्थामा फेला परेका छन् ।
मृत पन्थी घर नजिकैको गरेङ्ग खोलाको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।उनी भदौ २८ गतेदेखि परिवारको सम्पर्कबाहिर थिए।स्थानीय जङ्गलमा निउरो टिप्न गएको बेला पन्थीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको मालिका गाउँपालिका वडा न ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जानकारी दिए ।
वडा अध्यक्ष पन्थीका अनुसार पन्थी शारीरिक र मानसिक रूपमा अशक्त थिए । घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका
थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए।/ छड्के न्युज डटकम
यो पनि पढ्नुहोस्
गुल्मी । गत राति गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा चट्याङ लागेर ९ जना घाइते भएका छन् ।
ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ४ को बीचमा पर्ने तोरीपाटा र मालारानी गाउँमा अविरल वर्षाकाे साथै चट्याङ परेपछि टोलमा भागाभाग भएको थियो ।
भागाभाग कै क्रममा तोरीपाटा गाउँका ५० वर्षीय झके नेपालीसहित ९ जना चट्याङ्ग लागेर घाइते भएका थिए ।घाइतेहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहेकोले इस्मा ३ तोरीपाटाकी २२ वर्षीया गीता नेपालीलाई पाल्पाको प्रभास अस्पतालमा गए राती नै रिफर गरिएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
झके नेपाली र १९ वर्षीया रिता नेपालीको जिल्ला अस्पताल मै उपचार भइरहेको छ । २४ वर्षीया बालिका नेपाली, २८ वर्षीया लक्ष्मी नेपाली ( क ) १९ वर्षीया लक्ष्मी
नेपाली ( ख) २२ वर्षीया सीता नेपाली , ४५ वर्षीय तेजबहादुर नेपाली , वडा नम्बर ४ मालारानीकी ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपालीसहित ६ जनाको स्थानीय मेडिकल मै उपचार भइरहेको छ ।
चट्याङ लानेर घाइते भएका तेजबहादुर नेपालीको एउटा गोरु पनि मरेको छ । – समचार स्रोत रातोपाटि डटकम