बिहिबार कुन देवी-देवताको पूजा गर्दा राम्रो फल प्राप्ति हुन्छ ?

बिहिबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ ।

विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, बिहिबारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

बिहिबार-नेपाली पात्रो अनुसार बिहिबार हप्ताको पाँचौं दिन हो । यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ ।

ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पति ग्रहको नामले नामाकरण गरिएको हो । हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्ध पदार्थ खानुपर्दछ।

अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् । हिन्दू धर्मका आराध्यदेव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ । जसलाई यो संसारको पालनकर्ता मानिन्छ ।

यो पनि पढ्नुहोस्-कुन बार के सम्बन्धी काम गर्नु शुभ हुन्छ हेर्नुहोस

आइतबार-औषधी सम्बन्धी, सवारी, वाहन, नोकरी जागिर, स्वास्थ्य सम्बन्धी, पशु खरिद, यज्ञ-मंत्रोपदेश, दीक्षा, अस्त्र-शस्त्र, वस्त्र सम्बन्धी , धातुका सामान खरीदी,वाद-विवाद,न्यायिक सल्लाह को लागि शुभ छ।

सोमवार–कृषि सम्बन्धी सामाग्री खरीदी, बिउ रोप्न , फल फुलका रुख लगाना, वस्त्र तथा रत्न धारण गर्नको लागि, सधै जसो हुने क्रय बिक्रयको लागि , भ्रमण-यात्रा, कला कार्य, माया प्रेम रती रागको लागि, नयाँ काम सुरु गर्न कार्य, पशुपालन, वस्त्र आभूषण को किन बेचको लागि शुभ छ ।

मंगलवार-जासुसी कामहरु गर्न,रिण दिन,सेना सम्बन्धी काम, युद्द सम्बन्धी काम,साहासी काम, बाद बिबादका सक्नु पर्ने काम यो दिन गर्दा तपाईंको पक्षमा राम्रो हुन्छ ।

बुधवार-अध्ययन सुरु ,बिचार सम्बन्धी काम,ग्रिह प्रबेश,राजनिती,निर्माणका कार्य,रिण दिनु, बही खाताका काम यो दिन गर्दा तपाईंलाई राम्रो हुन्छ ।

बिहीवार-ज्ञान बिज्ञान सम्बन्धी काम ,नया जागिर सुरु,माङलिक काम,गाडी चलाऊन सुरु,निर्माण सम्बन्धी काम,कानुनी सिक्षा आरम्भ, गर्गहना धारण गर्नु राम्रो हुन्छ

शुक्रबार-गोप्य रुपमा गर्नुपर्ने कामहरु,संगित र चलचित्र सम्बन्धी काम ,माया प्रेमको सुरुवात, बाली रोप्न , खेतका काम सुरु गर्न, यो बार राम्रो हुन्छ

शनिबार-गृह प्रबेश व निर्माण सम्बन्धी ,कसैलाई जागिरमा राख्न,धातु फलाम मेसिनरी चिजका काम वा खरिद,बाद बिबाद ,सेबाका कामहरु शुभ हुनछन तर खेती सुरु गर्नु वा कृषिका नयाँ काम यो बार सुरु गर्नु शुभ हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय