२०७८ असाेज ११ गते, सोमबारको राशिफल

२०७८ असाेज ११ गते, सोमवार, २७ सेप्टेम्बर २०२१। आश्विन कृष्णपक्ष षष्ठी तिथि ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । धन सम्पत्ति पनि हात पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज महत्त्व पूर्ण अवसर गुम्न सक्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला, तर मनोरञ्जनमा सहभागी भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग पनि मिल्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीबाट विशेष सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मङ्गल कार्यको योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक कार्य सफल नै रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । पुँजी बजको लगानीले पछि लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधुरो काम पूरा होला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कुनै कुराले मनमा शान्ति छाउला । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बौद्धिक काममा सफलता पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय