यो सातामा तपाइले कुन काम गर्दा शुभ हुन्छ, हप्ता भरिको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता कर्तव्य बोध हुने र आस्था बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा ख्याति कमाउने योग छ ।

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग रातो वा सुन्तलारङको हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) यो सातामा रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । 

पदोन्नतीको सम्भावना प्रवल छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व जानु अघि शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) यो साता विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । घर परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । 

यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) यो सातामा मन खुसी रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । रमणीय र सुखद् व्यावसायिक यात्राको योग छ । रोकिएको धन हात पर्ला । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र 

नोकरीबाट मानसम्मान मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि निमुखा प्राणीहरूको सेवा गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) यो साता ठीक समयमा सही निर्णय लिन सकिनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । मनखुसी र प्रसन्न पनि रहनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । 

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) यो हप्ता नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमी वा प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । 

व्यापारमा विशेष सफलता हात लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनसक्छ । मध्य सातामा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । शेयर बजारको लगानीले पनि लाभ नै मिल्नेछ । 

यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) यो साता घरमा अतिथिको आगमन हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भौतिक साधन जुटाउने समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । 

यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) यो साता गरेको काममा ढिलासुस्ती हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्छ । चुनौतीको सामना गरि गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । 

साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) यो साता पितृ कार्यमा सरिक भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय पनि छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । 

यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) यो सातामा मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएको धन हात लाग्न सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्नेछ । मध्य सातामा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । 

विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि निमुखा प्राणीहरूको सेवा गरि कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )  यो सातामा शुभकार्यको चर्चा चल्ने र नयाँ काम सुरु गर्ने समय छ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला समान हराउने वा दुख पाइन सक्छ ।

 यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल 

977-9849559502

(अधिक जानकारीका लागि )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय