लगानीकर्ताका लागी फेरि अर्को खुसिको खबर, आउँदैछ नयाँ आईपीओ

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले असोज १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये ४५ हजार कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहने २० लाख ८२ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुने भएको हो ।

उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएकमा सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय