पछिल्लो २४ घण्टाको कोरोना अपडट

काठमाडौँ । बुधबार नेपालमा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार १ हजार ६३० कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २१ हजार १३९ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ११ हजार ६७ पीसीआर तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो पनि पढ्नुहोस्-बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् ।

बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।।बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय