यस्तो छ, मुसिकोटको पछिल्लो कोरोना अपडेट

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा आज मंगलबार थप १  जनाको कोरोना संक्रमण पुष्टी भएको  छ ।

आज (मंगलबार) मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको ४ जनाको एन्टिजेन्ट परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।।

मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ५ कि १ जना ४४ बर्षीय महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् -काकाठमाडौं । मंगलवार नेपालमा १,३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ गरी १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् ।यस्तै काठमाडौँ उपत्यकामा थप ४०२ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६१, भक्तपुरमा ४३ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय