ओलीको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश, निर्वाचन आयोगसँग माग्यो फाइल

काठमाडौं- माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ ।

ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय दीपककुमार कार्की र चुमार चुडालको संयुक्त इजलासले सक्कल फाइल मागेको हो ।निर्वाचन आयोगले ९ भदौमा एमालेले कारवाही गरेका नेपालसहित १४ सांसदको सनाखत गरेको निर्णयको

सक्कल सर्वोच्चले फाइल मागेको छ । त्यसैगरी सभामुख सापकोटाले १३ भदौमा एमालेले कारवाही गरेका सांसदको पदमुक्तको सूचना टाँस्न नपर्ने निर्णयको फाइल पनि मागेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश सभामुख घर्तीको निर्णय र प्रदेशसभा सचिवालयबाट ४ भदौमा भएको पत्राचारको सक्कल फाइल झिकाउन आदेश गरेको हो ।

ओलीको मुद्दामा सोमबार र आज मंगलबार दुइतर्फी बहस भएको थियो । बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिने/नदिने निर्णय लिन सक्कल फाइल मगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय