चेक क्लियरिङ हुने समय थप

काठमाडौं । विहान दश बजे देखि दिँउसो १ बजे सम्म हुँदै आएको चेक क्लियरिङको समय थप गरिएको छ ।

वित्तीय क्षेत्रा डिजिटल भुक्तानी गर्ने क्रम अत्यधिक बढेपछि क्लियरिङ समय विहान ९ बजे देखि दिँउसो ३ बजे सम्म पुराईएको छ । क्लियरिङको काम गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड सयम थप गरिएको जानकारी दिएको छ ।नयाँ व्यवस्थाअनुसार आइतबारदेखि बिहीबारसम्म आइपीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।यसअघि १० बजेदेखि दिउँसो १ बजेसम्ममात्र यो सेवा सञ्चालन हुँदै आएको थियो ।

३ घण्टा मात्र सञ्चालन हुँदै आएको सेवालाई दैनिक ६ घण्टा पुर्याएको क्लियरिङ हाउसले जनाएको छ । यो पनि पढ्नुहोस्
काठमाडौं–अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ ।

कम्पनीले ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका माग गर्दै कम्पनीले गत चैतमा आवेदन दिएको थियो । अनुमतिको प्रक्रियामा रहेको छ । अनुमति पाउँदासाथ आईपीओ निष्कासन गर्ने योजना । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय