काठमाण्डौ । प्रतिनिधि सभाबाट बजेट पारित भएको छ। सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो। अर्थमन्त्री शर्माले आज भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेशमा भएका तीन प्रतिशत कुराहरूमात्र फेरबदल गरिएको बताएका थिए।
बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्नेछ। बजेट पारित नहुँदा भदौदेखि ३१ सरकारी खर्च रोकिएको थियो।
यो पनि पढ्नुहोस्
काठमाडौं – प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।
एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन् । नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।
सुवालले सो प्रस्ताव प्रस्तुत गरिरहँदा पनि एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ । यो पनि पढ्नुहोस् -प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदद्वारा नाराबाजी
काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु नहुँदै एमाले सांसदहरूले नाराबाजी थालेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको विरोध र माधव नेपालसहित १४ जना सांसदमाथि पदमुक्त हुने गरी गरेको कारबाही गरेको सूचना प्रकाशित गर्न माग राखेर एमाले सांसदहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन् ।