रामेछाप : रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ३–०१–०२३ च ३५९३ नम्बरको जीप सदरमुकाम मन्थलीनजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
बिहिबार बिहान साढे ९ बजे भएको दुर्घटनाम ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ६ खिजिफलाटेका ३५ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती ३२ वर्षीया फुर्वा शेर्पा र ३६ वर्षीय वाङ्छु शेर्पा रहेका छन् । जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।
मन्थली नगरपालिका वडा नम्बर ६ को कुनौरीस्थित बोक्सेको पहरामा आइपुग्दा बलेरो भीरबाट करिब ६ सय मिटर तल खसेको रामेछाप प्रहरीले जनाएको छ । शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।- बागलुङ पोस्ट
यो पनि पढ्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर १५५८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०८६ पीसीआर परीक्षणबाट र ४७२ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८ हजार ६६५ नमुनाको पीसीआर परीक्षण र ३ हजार ७२० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ३८५ गरिएको छ ।
१३५१ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २५ हजार ४९७ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८८ हजार ६५९ पुगेको छ ।
हालसम्म ७ लाख ४६ हजार ५६६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १२ पुगेको छ ।