ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा र कुहिनोमा चोट लागेको छ ।

ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस् एजेन्सी । ठूलो वर्षाका कारण भारतको उत्तर प्रदेशको जनजीवन प्रभावित भएको छ । केहीदिनदेखि परेको ठूलो वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलो वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ ।

लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको हो ।

कतिपय जिल्लामा हिजो एकैदिन एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ, सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय