काठमाडौं । बधबार नेपालमा १७६० जना कोरोनाभाइरस संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१२ हजार ५२४ पीसीआर र ४३२० एन्टीजेन गरी १६ हजार ८४४ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।बुधबार १२२० जना निको भएका छन् भने ७ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार ४९५ जना संक्रमित थपिएका छन् ।सक्रिय संक्रमित संख्या २६ हजार ३०३ छ ।

आजको पजेटिभिटी दर १०।६ प्रतिशत छ । ११ जिल्लामा सक्रिय संक्रमण ५०० भन्दा माथि छ ।६० लाख ४ हजार १९ ले पहिलो डोज खोप लगाएका छन् । ५४ लाखले पूर्ण मात्रा लगाएका छन् । कूल खोप लगाउने संख्या १ करोड १४ लाख मात्रा रहेको छ ।

आजसम्म नेपालका कोरोना संक्रमणको कारण १० हजार ९९१ जनाको मृत्यु भएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here