२०७८ भदाै २६ गते, शनिवार को राशिफल

२०७८ भदाै २६ गते, शनिवार, ११ सेप्टेम्बर २०२१। भाद्र शुक्लपक्ष पञ्चमी तिथि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी या कारोबारमा सफलता मिल्नेछ, तर यात्रामा मालसामान हराउन चैं सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णहुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाईने छ । रमणीय र सुखद यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर