पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए ।

पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय