विष्णुप्रसाद आचार्य “चकित” मुसिकोट गुल्मी
एसियन लाइफ इन्स्योरेन्स कम्पनी द्वारा गुल्मीको मुसिकोट नगरपालिकामा अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाइ सम्मान गर्ने,नया अभिकर्ताहरुलाइ कम्पनीको नियम अनुसार काम गर्न प्रोत्साहन गर्ने,अभिकर्ताहरुका समस्याहरुको सहजीकरण गर्ने,बिमितहरुका समस्याहरु तथा सेवाहरुको बारेमा जानकारी गराउने उद्येश्यहरुको साथ कार्यक्रम आयोजना गरिएको गुल्मी उपशाखा प्रमुख राजन के सीले नबखबरलाइ जानकारी दिनुभयो ।

पछिल्लो समय बिमा कम्पनीहरुको संख्या वृद्दी भएसङ्गै बजारमा अनावश्यक हल्लाहरु फिजाएर बिमा गर्ने प्रचलन बढेकोले आफ्नो कम्पनी मातहतका अभिकर्ताहरुलाइ यथार्थ भन्दा बाहिर गएर कसैलाइ लोभ्याएर बिमा नगराउन पाल्पा शाखा प्रमुख धुर्बराज ढुंगानाले अनुरोध गर्नुभएको थियो ।

उपस्तिथित अभिकर्ताहरुले समय समयमा आफुहरुलाइ पुनर्ताजकि तालिम तथा कम्पनी पुर्ण प्रविधिमैत्री हुनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा एम.डि आर.टि बन्न सफल सुस्मा सापकोटा तिवारी,रामू तिवारी,समीक्षा आचार्य ,कृष्ण भण्डारिलाइ विभिन्न पुरस्कारहरुले सम्मान गरिएको थियो। त्यस्तै सिनियर बिजनेस म्यानेजर ज्ञानहरी सापकोटा,पुर्व बिजनेस म्यानेजर रामकृष्ण कंडेल,कृष्ण प्रसाद घिमिरे,कमला सापकोटा,डिलाराम खरेल,अन्जना कक्षपती लगायतलाई सम्मान गरिएको थियो कार्यक्रममा अभिकर्ता होमनाथ खरेल,शाइन रेसुङ्गा बैंकका सुर्य खनाल,मन्जु सुबेदी लगायतको उपस्थिति रहेको थियो ।
कृष्ण घिमिरेको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा ज्ञानहरि सापकोटा र प्रमुख अतिथि समेत रहेका पाल्पा शाखा प्रमुख धुर्वराज ढुंगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गुल्मी प्रमुख राजन के सीको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो ।