सफल रायमाझी, गोपाल
मुसिकोट ८ वामी गुल्मी

जिन्दगीको वास्तविक अर्थ,सिकाउने विगत नै थियो,
कहिले यता कहिले उता फसाउने विगत नै थियो !!
सबैले भन्छन बिर्सनु बिगत,आगामी सोच बनाउनुपर्छ,
सोच्दैमा सफल हुने भए जिताउने विगत नै थियो !!
कसले सक्छ यति उत्कृष्ट पाठ सिकाउने आफ्नो विगत,
अतित नै हो पाठशाला बिकाउने विगत नै थियो !!
असफलता अनुभव हो,गल्तीले झनै कुशल बनाउछ,
सोचाइमा छ मस्तिष्क मेरो सताउने विगत नै थियो !!