नेपाल विद्यार्थी सङ्घद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र,नगरप्रमुखद्वारा शुभेच्छा प्रकट

विष्णुप्रसाद आचार्य, चकित गुल्मी।नेपाल विद्यार्थी सङ्घ रुद्रावती वहुमुखी क्याम्पस इकाइ समिती मुसिकोट ७ वामीद्वारा मुसिकोट नगरपालिकालाइ ध्यानाकर्षण पत्र बुझाइएको छ ।

मङ्गलबार रुद्रावती वहुमुखी क्याम्पस इकाइ समितिको उपस्थितिमा समितिका सभापति भुवन काफ्लेले मुसिकोटका नगरप्रमुख सोमनाथ सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको नेविसङ्घका नेता सतिस बौद्दाचार्यले जानकारी दिनुभयो ।

पत्रमा कोभिड १९ को महामारिको असरले विश्व आक्रान्त बनिरहेको र त्यसको असरले नेपाल पनि अछुतो रहन नसकेन भन्दै देशव्यापी रुपमा

कोरोनाले थला पारिरहेको अवस्थामा गुल्मी जिल्ला अन्तरगत मुसिकोट नगरपालिकाले पनि मानवीय क्षति समेत व्यहोर्नुपरेको कुरा उल्लेख गरिएको छ ।

महामारीको असर कम गर्न सरकारले विभिन्न मापदण्ड बनाएर नागरिकहरुलाइ खोप लगाउने योजना बनाइरहेको भएपनि सरकारले भौतिक रुपमा कुनै पनि भिडभाडका कार्यहरु नगर्न भनिरहेको बेला

कतिपय विद्यालयहरुले पठनपाठन सुरु गरेको अवस्थाको बारेमा पनि ध्यान आकृष्ट गराइएको छ ।

त्यस्तै पत्रमा अबको केहि समयमै त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा समेत अध्ययन अध्यापनका कार्य सन्चालन हुने भएकोले मुसिकोट नगरपालिकाको वामी स्थित

रुद्रावती बहुमुखी क्याम्पसमा समेत नियमित क्रियाकलापहरु सन्चालन हुने भएकोले हालको अवस्थामा भौतिक उपस्थितिमै विभिन्न समुदाय,क्षेत्र,भुगोलबाट बिद्यार्थीहरु आउने भएकोले र

यस नगरपालिका भित्रका शिक्षक तथा प्राध्यापक गुरुहरु,ज्येष्ठ नागरिक,ब्यापारी,बैंक तथा वित्तीय सस्थाहरुका कर्मचारीहरुले खोप लगाइसकेको अवस्थामा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको

जोखिमको ख्याल गरि अबिलम्ब कोभिड विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै नेपाल विद्यार्थी सङ्घ रुद्रावती वहुमुखी क्याम्पस इकाइ समिती मार्फत मुसिकोट नगरपालिकाको ध्यानाकर्षण गर्न चाहन्छौं भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख सोमनाथ सापकोटाले विद्यार्थीहरुको माग सहि भएको र आफुले पनि यस विषयमा सोचिरहेको बताउदै संघिय सरकारले बनाएको नियमलाई आफुहरुले फेरबदल गर्न सक्ने उपाए

नभएकोले नीतिगत रुपमै सरकारले विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्ने कुराको पक्षमै आफु रहेको बताउनुभएको सभापति काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघकी सदस्य विष्णु बस्नेतले पत्र वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषाल,स्वास्थ्य शाखा प्रमुख डी बि जी सि,शिक्षा शाखा प्रमुख प्रकाश नेपाली,नेविसङ्घ प्रतिनिधि आकृति जिसी,सिमरन बौददाचार्य,आशिका रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा नगरप्रमुख सोमनाथ सापकोटाले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने विषयमा प्रतिक्रिया लिदै नगरपालिकाको एकमात्र क्याम्पसमा

गुणस्तरीयता वृद्धि गर्न के गर्न सकिन्छ भन्ने विषयमा चासो राख्नुभएको नेविसंघले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय