काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम
छान्ने जिम्मा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाललाई दिएको छ ।जारी सांसदहरुको बैठकले मन्त्री बन्नेहरुको नाम तय गर्ने जिम्मा नेपाललाई दिने निर्णय गरेको हो ।

कार्यक्रम सञ्चालन गरिरहेका एकीकृत समाजवादीका नेता तथा सांसद विरोध खतिवडाले यो जिम्मा नेपाललाई दिन प्रस्ताव गरेका थिए ।उनको प्रस्ताव सबै सांसदले ताली बजाएर अनुमोदन गरेका थिए ।