ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा । त्रिभूवन राजपथअन्तर्गत हेटौंडा-भैंसे सडकखण्डको सानुटारमा ट्रक दुर्घटना भएको छ ।

इटहरीबाट विजुलीको तार लिएर नौविसेतर्फ जाँदै गरेको प्र.१-००२ख ८७५९ नम्बरको ट्रक शुक्रबार बिहान करिब ५ बजेको समयमा दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको प्रहरी चौकी भैंसेले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरी चौकी भैंसेका प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहले जानकारी दिएका छन् ।

दुर्घटनामा परी मृत्यु हुने करिब ३० वर्षका पुरुषको सनाखत हुन सकेको छैन ।- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय