मुसिकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार थप २ जनाको कोरोना संक्रमण पुष्टी भएको  छ ।

आज (सोमबार) मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको १० जनाको एन्टिजेन्ट परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।।

मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर २ का २ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १६११ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ५२९ जनमा कोरोना पोजेतिभ र १०८२ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा १० जना पुरुष र १ जना महिला गरी ११ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय