अागलागी बाट करिब २ लाख ५० हजारकाे क्षति

धनी राम काेरी-कपिलवस्तु : महाराजगन्ज नगरपालिका वडा २ ठुलो उनवालिया गाउँ का सुख्खु गाेसाई काे गाेठमा गए राति अाग लागेर गाेठ सहित ३ जीव जलेका छन् ।

लामखुट्टे धपाउन काे लागि बलिएकाे अागाे बाट करिब ११ बजे राति मा अाग लागेको हाे । गाेठ सहित एउटा भैंसी , एउटा भैसीकाे बच्चा (पाडी) र एउटा गाेरु अागाे लगेर जलेर करिब २ लाख ५० हजार काे क्षति भएको छ ।

भैंसीकाे अवस्था गम्भीर रहेको अनि गाेरु र भैसीकाे बच्चा (पाडी) काे अवस्था सामान्य रहेको अनि गाेठ जलेर नष्ट भएको स्थानीय याेगेन्द्र चाैधारीले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्
मेघराज रिष्मेली -जापान । जापानको ओसाकामा कुक भिषामा कार्यरत गुल्मीको मुसिकोट नगरपालिका- ९ दासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको छ ।

करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जापान नेपाली एकता समाजका केन्द्रित उपाध्यक्ष भिम केसीले जानकारी दिए । ११ दिन अघि बहोस भै अस्पतालमा पुर्याइ

उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै केसीले जानकारी दिए ।

मृतक खत्री श्रीमति सहित जापान बस्दै आएका थिए । श्रीमती जापान आएको पनि अझै एकवर्ष नपुगेको केसीले जानकारी दिए । खत्रीको घरमा वृद्ध बुवा आमा र एक छोरा एक छोरी रहेका छन ।

लामो समयदेखि मुटु रोगी स्वर्गीय खत्रीको अगस्ट १९ तारिक बिहिबार जापान मै अन्तिम संस्कार गरिने भएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय