पहिरोले पुरिएर एक जनाको मृत्यु

त्रिशूल । नुवाकोटको बेलकोटगढी नगरपालिका – ५ लामाचउरमा पहिरो जाँदा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बिहीबार राति साढे ३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर मृत्यु भएका

लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिराले घरसमेत जोखिममा परेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

हेम विश्वकर्मा, बुर्तिबाङ केही दिनदेखिको निरन्तर वर्षाका कारण ठाडो खोलामा आएको भलसहित बाढीले बडिगाडका २७ घरमा क्षति पुप्याएको छ ।

गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पुप्याउनुका साथै सडक, खानेपानी अवरुद्ध भएको बताइएको छ ।ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती भएको स्थानीयले बताएका छन् ।

स्थानीय टोप बहादुर पुनको पसलमा भल पस्दा ५ लाख बराबरको क्षती भएको बताइएको छ ।

अर्का स्थानीय पुर्ण बहादुर घर्तीको खाजा पसल, हिरा बहादुर केसी, कुल बहादुर केसी, जित बहादुर क्षेत्री, सुर्य बहादुर केसी,मिठ बहादुर केसी लगाएतको खेतमा लगाइएको धान भलसँगैको बाढीले नष्ट पारेको छ ।

यस्तै स्थानीयले प्रयोग गर्दै आइरहको बल्घास–मैदाले खानेपानी आयोजनामा पनि क्षति पुगेको वडा अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए मध्यरातमा बाढी आएकाले स्थानिय रातभर जागराम बस्न बाध्य भएका थिए ।

सो स्थानमा भएको क्षतीको खबर पाउनै बित्तिकै गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको टोली क्षेतिग्रस्त क्षेत्रमा पुगी अनुगमन गरेको छ ।

अबरुद्ध सडक गाउँपालिकाको डोजर सञ्चालन गरी तत्काल सफा गर्ने, खानेपनीको मर्मत गर्ने लगाएतका निर्णय भएको अध्यक्ष पाइजाले बताए ।प्राकृतिक विपत्तिमा परेका पीडित परिवारको राहतका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने पाइजाको भनाई छ ।

घर, पसल, खेतमा भएको क्षती लगाएतका बिषयमा स्थानीयसँग अन्तरक्रिया गरी समस्या समधानको बाटो खोजिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय