पहिरोको कारण एकै परिवारका ३ जनाको मृत्यु एक जना बेपत्ता !

काठमाडौं । रसुवामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ को मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार बिहीबार बिहान आएको पहिरोले नौकुण्ड गाउँपालिका-५ कोलडाँडाका श्यामबहादुर घलानकी श्रीमती, छोरा र छोरीको मृत्यु भएको हो ।

त्यस्तैगरी अर्का एक बेपत्ता भएको र उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । श्यामबहादुरकी श्रीमती ३२ वर्षीय कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षकी छोरा सुकुमाया र ७ वर्षीय छोरा आषिस पुरिएका थिए ।

जसमा ३ जनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घाइते अवस्थामा फेला परेको श्यामबहादुरको उद्धार गरि उपचारका लागि काठमाडौ ल्याइएको प्रहरीको भनाइ छ ।

बिहान पहिरोले श्यामबहादुरको घर बगाएको भन्ने थाहा पाएपछि स्थानीय घटनास्थल पुगेका थिए । त्यसपछि प्रहरीको टोली आएर श्यामबहादुरको उद्धार गरेको हो ।

पहिरो पन्छ्याएर खोजी गर्दा ३ को शव फेला परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय