आज फेरि एक्कासी बढे कोरोना संक्रमित

काठमाण्डौ – नेपालमा कोरोना संक्रमण विकराल बन्दै गएको देखिएको छ ।

२४ घण्टामा थप ३४ सय ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५१८ जनाको एन्टीजेन गरि १५ हजार ६११ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले सक्रिय संक्रमित ३९ हजार ३७१ रहेका छन्।विगत २४ घण्टामा १ लाख ५८ हजार ३३५ लाई खोप लगाइएको छ। आज सम्म कै उच्च रेकर्ड।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय