०७८ साउन २७ गते, बुधवारको राशिफल

२०७८ साउन २७ गते, बुधवार, ११ अगस्ट २०२१। श्रावण शुक्लपक्ष तृतीया तिथि ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्ला । शैक्षिक क्षेत्रको योजनाले गति लिनेछ । छोटो यात्रा गर्ने अवसर मिल्नेछ, तर साँझमा खर्च बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक कार्य अघि बढ्नेछ । कुटुम्बको साथ पाइनेछ । शेयर बजारको लगानीले दीर्घकालीन लाभ मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम बिग्रिनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ, तर यात्रा सफल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । पुँजीबजारले पनि साथ दिनेछ । 

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।  – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय