पाल्पाको तिनाउ गाउपालिका ३ हेडबक्समा पाल्पाबाट बुटवल आउँदै गरेको बा१८च ७३३६ नम्बरको गाडीमाथि ठूलो ढुंगो झरेपछि गाडी सडकबाट सय मिटर तल तिनाउ नदीमा झरेको थियो ।

तानसेन बुटवल सडकखण्ड अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिर नजिक स्कारपियो गाडीमाथि ढुंगो खस्दा ४ जना गम्भीर घाइते भएका छन् ।दुर्घटनामा परी चारजना गम्भीर घाइते भएका र उनीहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको छ ।

घाइतेहरुको नाम ठेगाना खुल्न बाँकी रहेको र उनीहरु पाल्पाको झुम्सा क्षेत्रका रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here