नेपालमा पनि भित्रियो सुगर ड्याडिको प्रचलन

काठमाडौ। ; आजभोलि नेपालमा पनि बिदेशी प्रचलनहरु भित्रि रहेका छन् ।

नेपालमा भित्रि रहेका प्रचलन मध्यको एक सुगर ड्याडि हो ।आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् ।

यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ ।

अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता विकसित देशमा लाखौं मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् ।

यस सम्बन्धलाई वेश्यावृत्तिको संज्ञा भने दिइँदैन ।यस्तो सम्बन्धमा २५ देखि ३० वर्ष उमेरका युवतीहरूले ४५ देखि ५० वर्ष उमेरका पुरुषसँग सम्बन्ध कायम गर्छन् ।

बढी उमेरका धनी मानिससँग सम्झौता गरी युवतीहरूले इन्टिमेसीका लागि पैसा लिने गरेका छन् ।

यो सम्बन्ध बिहेमा परिणत हुँदैन र युवतीहरू आफ्नो मर्जीमुताबिक बिहेका लागि स्वतन्त्र रहन्छन् । धेरै देशमा युवतीहरू पढाइ पूरा गर्न वा आफ्नो पालनपोषणका लागि यस्तो सम्बन्ध बनाउँछन् ।- साभार लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय