नवलपरासी । मोटरसाइकलको ठक्करपछि घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको उपचारका क्रममा मृत्यु भएको छ ।
नवलपरासीको बर्दघाटमा हिजो बेलुका लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि घाइते वाग्लेको भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
तनहुँको म्यादे गाउँपालिका घर भएका वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत हुनुहुन्थ्यो ।