भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार थप ४ जनाको कोरोना संक्रमण पुष्टी भएको छ , भने ,एक जना पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ ।
आज (सोमबार) जम्मा १० जनाको कोरोनाको ऐन्टिजेन्ट परिक्षण ४ जनामा कोरोना संक्रमण पुष्टि भएको र थप एक जना ६२ बर्षिय पुरुष मृत्यु भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी दिएको छ ।।मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ७ का १ जना पुरुष र १ जना महिला, वडा नम्बर ५ का का १ जना पुरुष र वडा नम्बर ४ का १ जना पुरुषरहेको छन ।
त्यसैगरि आज कोरोना संक्रमणका मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ५ का ६२ बर्षिय एक जना पुरुष रहेकोमुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १५०५ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ५०१ जनमा कोरोना पोजेतिभ र १००४ जनामा कोरोना नेगेटिभ आएको छ ।
कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।
।त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा १० जना पुरुष र १ जना महिला गरी ११ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।