आइतबार मुसिकोटमा थप २ वालवालिकामा कोरोना संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ९ जनाको आज वामीटक्सार स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका १ पुरूष र १ महिला गरी २ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।आज संक्रमित हुनेहरूमा वडा नं. २ का ६ वर्षिय वालिका र ७ वर्षिय वालक रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारी दिनु भयो ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ४९७ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।

कुल ४९७ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले १० जनाको मृ,त्यू भइसकेको, ४७८ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल १९ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय